बर्दिया- मधुवन नगरपालिका—८ स्थित शिवदुर्गा माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट एक युवती भागेकी छिन् । बिहीबार बिहान उनी क्वारेन्टाइनमा शौच गर्ने बहानामा भागेकी हुन् ।
उक्त्त युवती ६ दिनदेखि क्वारेन्टाइनमा रहेको मधुवन नगरपालिकाका मेयर गणेशबहादुर केसीले जानकारी दिए। करिब २२ वर्षीया ती युवती भागेपछि उनको खोजी भइरहेको प्रहरी उपरीक्षक केदार रजौरेले बताए।
बुधबार गुलरिया नगरपालिका—१० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्रयागपुरको क्वारेन्टाइनबाट ८ भारतीय क्वारेन्टाइनबाट भागेका थिए । शौच गर्ने बहानामा उनीहरु प्रहरीलाई छलेर भारत बहराईच जिल्लाको चित्तलहवा पुगेको प्रहरीले जनाएको छ ।
