बसन्तपुरमा चिनियाँसंग नेपालका फोटो पत्रकारहरूको रंगीन होली उत्सव (तस्वीरहरू)

काठमाडौं – संस्कृति, सम्पदा र पर्यटन प्रवर्द्धनका लागि नेपाल आएका एक सयभन्दा बढी चिनियाँ फोटोग्राफरले काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा नेपाली फोटो पत्रकारहरूसँग होली पर्व मनाएका छन्।

चाइना नेपाल फ्रेन्डसिप फोरम र राष्ट्रिय फोटो पत्रकार समूहको संयोजनमा आयोजित यस विशेष कार्यक्रमले नेपाल–चीन मैत्री सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

फोरमका संयोजक डा. कल्याणराज शर्मा का अनुसार, नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ फोटोग्राफरहरूलाई आमन्त्रण गरिएको हो। उनीहरूले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक, तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवर्द्धन गर्नेछन्।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त ले फागुपूर्णिमाको अवसरमा चिनियाँ फोटोग्राफरहरूलाई नेपालका विभिन्न स्थानमा रंगमय फोटोग्राफी गर्न विशेष प्रबन्ध मिलाइएको जानकारी दिए।

यस कार्यक्रमले नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै नेपालको संस्कृति, परम्परा, जीवनशैली, तथा ऐतिहासिक सम्पदाहरूलाई विश्वभर प्रचार गर्ने अवसर प्रदान गर्नेछ। पर्यटन प्रवर्द्धनका दृष्टिले यस्तो प्रकारका कार्यक्रमहरूले नेपाललाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

    

सिफारिस

राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच तालमेल, कसलाई कति सीट ?

काठमाडौं - आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख चार राजनीतिक दलबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र...

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य : जेनजी अगुवा रक्षा बम

काठमाडौं - जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरेकी छन्। उनले नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोज्ने नेताहरूले जेनजी आन्दोलन...

कुलमान र बब्लुलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध भइसकेका मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले दलसँग आबद्ध मन्त्रीहरूले परिस्थितिको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य : जेनजी अगुवा रक्षा बम

काठमाडौं - जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसमा विशेष...

कुलमान र बब्लुलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध भइसकेका...

एमालेको चुनावी कमान्डर बादल

काठमाडौं - नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा...

विशेष महाधिवेशन माघ ६ पछिलाई सारौँ : शेखर कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले सहमतिका आधारमा केन्द्रीय...

मोदी राम्रो मान्छे भए पनि आफूलाई खुसी नबनाएको भन्दै ट्रम्पको असन्तुष्टि

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल...

प्रचण्डपछि किन भारत प्रस्थान गरिन् आरजु राणा ?

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु...

धेरै पढिएको