आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ।

गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ।

परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ।

यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।

सिफारिस

सिन्धुलीकी दीपा देवकोटाले रचिन् साहसिक इतिहास

काठमाडौँ — नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्विलचियरसहित बन्जी जम्प गरेर साहस र आत्मविश्वासको ऐतिहासिक उदाहरण प्रस्तुत गरेकी छन्। सिन्धुलीकी दीपा देवकोटाले सिन्धुपाल्चोकस्थित द...

काठमाडौंमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

काठमाडौं - काठमाडौंमा नि:शुल्क पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । बागमती प्रदेशमा पर्यटन र फोटो पत्रकारिता गरिरहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न मंगलबारदेखि...

चितवनमा पुस ११ देखि १९ औं हात्ती तथा पर्यटन महोत्सव हुने

काठमाडौं - चितवनको सौराहामा आगामी पुस ११ देखि १३ गतेसम्म १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ । क्षेत्रीय होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौंमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

काठमाडौं - काठमाडौंमा नि:शुल्क पर्यटन फोटो पत्रकारिता तालिम सुरु...

चितवनमा पुस ११ देखि १९ औं हात्ती तथा पर्यटन महोत्सव हुने

काठमाडौं - चितवनको सौराहामा आगामी पुस ११ देखि १३...

ड्रोन भ्यूमा स्वयम्भूनाथको दृश्यहरू (तस्वीरहरू)

स्वयम्भूनाथ काठमाडौँ उपत्यकाको एक ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा...

नेपालका परम्परागत खेलको संरक्षण र प्रवर्द्धन आवश्यक : मन्त्री नेपाल

काठमाडौँ — बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला...

तस्वीरमा हेर्नुस् लुम्बिनीले एनपीएल सिजन–२ को उपाधि जित्दाको क्षण

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि...

आज टुंगो लाग्नेछ एनपीएल उपाधि टोली, कति पाउँछन् पुरस्कार ?

राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग...

धेरै पढिएको