ब्राइट करियर ट्रेनिङ सेन्टरद्वारा बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा इसिडी तालिम 

बर्दघाट, नवलपरासी — बर्दघाटस्थित ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा. ली.ले शनिबार नगरमै पहिलोपटक मन्टेश्वरी तथा इसिडी (अर्ली चाइल्डहुड डेभलपमेन्ट) तालिम कार्यक्रम सम्पन्न गरेको छ। तालिममा नगर क्षेत्रका विभिन्न ९ विद्यालयमा कार्यरत ६० जना महिला शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

तालिमको उद्देश्य बालबालिकाको सर्वाङ्गिण विकासमा केन्द्रित दक्ष तथा प्रभावकारी मन्टेश्वरी शिक्षक उत्पादन गर्नु रहेको आयोजक पक्षले जनाएको छ।

कार्यक्रमका अध्यक्ष थम बहादुर अधिकारीले शिक्षण सिकाइलाई व्यवहारिक र प्रभावकारी बनाउने दिशामा तालिमले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले बालमैत्री पद्धतिमा आधारित शिक्षाको आवश्यकता आजको युगमा झन् बढ्दै गएको उल्लेख गर्नुभयो।

ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा. ली.का म्यानेजिङ डिरेक्टर राज अधिकारीका अनुसार विपन्न वर्गका महिलाहरूलाई लक्षित गरी विशेष सहुलियतमा तालिम प्रदान गरिँदै आएको छ। “सिप सिकेर स्वरोजगार बन्न चाहने महिलाका लागि हाम्रो संस्था एक अवसर हो,” उहाँले भन्नुभयो।

उक्त तालिमले बालमैत्री शिक्षा प्रणालीलाई स्थानीय विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको