आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ – अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ एन्ड इस्ट एसिया क्षेत्रीय काउन्सिलरका लागि नेपालबाट रोशनी अधिकारी पाठकको एकल उम्मेदवारी परेको छ। असोज २३ देखि संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा हुने वर्ल्ड कन्जरभेसन कंग्रेसमा मतदानमार्फत काउन्सिलरको छनोट हुने भएको छ।

उम्मेदवारी दर्ता गरेपछि अधिकारीले नेपालले भोगिरहेको जलवायु परिवर्तनका चुनौतीहरूलाई विश्व मञ्चमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएकी छिन्।

‘म आइयूसीएनको काउन्सिलर निर्वाचित भएमा हिमालय क्षेत्रको संरक्षण र इको सिस्टम बचाउन अभियान चलाउने छु,’ उनले भनिन्। जैविक विविधता संरक्षणका लागि महिला, युवा, आदिवासी जनजाति र सीमान्तकृत समुदायसँग सहकार्य गर्ने पनि उनको योजना छ।

नेपाल विश्वव्यापी रूपमा जलवायु परिवर्तनको गम्भीर असरमा परेको मुलुक हो। यस्तोमा विश्वका सबैभन्दा ठूला संरक्षण सञ्जालमध्ये एक आइयूसीएनमा नेपालको क्षेत्रीय प्रतिनिधित्व हुनु देशकै लागि प्रतिष्ठाको विषय बन्ने संरक्षण विज्ञहरू बताउँछन्।

काउन्सिलर जिताउन परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली दूतावासमार्फत सदस्य राष्ट्रहरूबीच लबिङको पहल सुरु गरेको स्रोतले जनाएको छ। आइयूसीएनका सदस्य देशका प्रतिनिधिहरूले मतदानमार्फत काउन्सिलर चयन गर्नेछन्।

रोशनी अधिकारी पाठक करिब दुई दशकदेखि वातावरण पत्रकारितामा सक्रिय छिन्। सन् २०२२ अक्टोबरमा उनी नेपाल वातावरण पत्रकार समूह (नेवाज) की अध्यक्ष निर्वाचित भएकी थिइन्। काठमाडौं महानगरपालिकाको मेट्रो एफएमबाट पत्रकारिता सुरु गरेकी उनले नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गरेकी थिइन्।

अधिकारीले युरोपेली युनियनसहित विभिन्न विकास साझेदारहरूसँग जैविक विविधता र वातावरण संरक्षणमा काम गरेको अनुभव राख्छिन्। उम्मेदवारी मनोनयनपछि उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेटवार्ता गरेकी छिन्।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

महोत्तरीमा बाढीको बितन्डा,यात्रुहरुलाई सास्ती (तस्वीरहरू)

गत शुक्रबार र शनिबार भएको अविरल वर्षा पश्चात आएको...

धेरै पढिएको