नवराज कुँवरलाई नोजा पत्रकारिता अनर अवार्ड

काठमाडौँ – पत्रकार नवराज कुँवर नेशनल नोजा अनर अवार्डबाट सम्मानित भएका छन् । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) को एघारौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंको बालुवाटारमा आयोजित कार्यक्रममा  मल्टिमिडियामार्फत अनलाइन पत्रकारिताको गरिमा र विश्वसनीयता बढाउन भूमिका निभाएकोमा कुँवरलाई सम्मानित गरिएको हो ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जिवी नेपालले  कुँवरलाई प्रमाणपत्र प्रदान गरे ।

गतवर्ष कुँवर डिजिटल मिडिया, नेसनल क्यापिटललगायत अवार्डबाट सम्मानित भएका थिए । डेढ दशकदेखि पत्रकारिता गरिरहेका उनी ५ वर्षयता शिलापत्र डटकममा आवद्ध छन् । पछिल्लो समय मल्टिमिडियामा उनको भिडियो एक्सप्लेनरहरू दर्शकले रुचाएका छन् । सोसल मिडियामा फैलिएका मिथ्या सूचनाको वास्तविकता आम मानिसले बुझ्ने शैलीमा भन्न र युट्युबलगायत मिडियाकै विकृति निर्भयसाथ भण्डाफोर गर्न पत्रकार कुँवर अब्बल देखिएका छन् ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको