राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच तालमेल, कसलाई कति सीट ?

काठमाडौं – आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख चार राजनीतिक दलबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच निर्वाचनमा सहकार्य गर्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक सहमतिअनुसार कांग्रेस र एमालेले समान रूपमा ७–७ सीट लिने, नेकपाले ३ सीट र जसपा नेपालले १ सीट पाउने समझदारी बनेको छ । यद्यपि नेकपाले भने चार सीटको माग गरिरहेको बताउँदै नेता लेखकले बेलुकासम्ममा सबै दल सहमतिमा आउने विश्वास व्यक्त गरे ।

‘कांग्रेस र एमालेले ७–७ सीटमा चित्त बुझाइसकेका छन् । नेकपाले चार सीटको माग गरेको छ, तर उहाँहरू पनि बेलुकासम्ममा सहमतिमा आउनुहुन्छ भन्ने विश्वास छ,’ लेखकले भने ।

उनका अनुसार बाँकी विषयहरू टुंग्याउन दलहरूबीच निरन्तर छलफल भइरहेको छ र आज बेलुकासम्म अन्तिम सहमति सार्वजनिक गरिने तयारी छ ।

राष्ट्रिय सभाका रिक्त १८ सीटका लागि माघ ११ गते निर्वाचन हुन लागेको छ । निर्वाचनमा तालमेल गरेर जाने निर्णयसँगै दलहरू उम्मेदवार चयन र चुनावी रणनीति तय गर्न व्यस्त बनेका छन् ।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको