चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ।
चिनियाँ दूतावासको आयोजनामा भएको ‘चाइना–नेपाल स्प्रिङ फेस्टीभल गाला एट पोखरा’ नाम दिइएको सो सांस्कृतिक कार्यक्रममा गनान तिब्बत सङ एण्ड डान्स थियटरका कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए।
तिब्बती संस्कृतिमा आधारित गीत र नृत्य प्रस्तुतिलाई पोखरा महानगरपालिका, तिब्बतको गानान प्रान्तलगायतले पनि सघाएका थिए।

