बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं – बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित रहेको भन्दै रास्वपाकै सांसद डा. अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री उपस्थित रहने संसदीय परम्परा रहेको उल्लेख गर्दै यसपटक त्यो परम्परा तोडिएको बताए।

उनले भने, “परम्परा तोड्ने नाममा सबै परम्परा तोडिदिने ? बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने व्यवस्था छ। पछिल्लो २० वर्षदेखि पहिलो पटक अर्थमन्त्रीबिनाको छलफल देख्दै छु। नयाँको नाममा सबै कुरा भत्काउने भए सिंहदरबार, प्रधानमन्त्री र मन्त्री पद पनि भत्काउ।”

सांसद सिंहले मधेशलाई सरकारले प्राथमिकतामा नराखेको आरोपसमेत लगाए। मधेशबाट सबैभन्दा बढी मत पाएर सरकार बनेको उल्लेख गर्दै उनले मधेशका लागि विशेष प्याकेजको अपेक्षा गरिएको बताए।

उनले भने, “यो सरकारमाथि मधेशको पनि अधिकार छ। प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सबैभन्दा बढी मत मधेशले दिएको छ। तर मधेशलाई समेट्न सकिएको छैन।”

उनले मधेशमा असन्तुष्टि बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै समयमै सम्बोधन गर्न सरकारलाई आग्रह गरे। “मधेश विस्फोटको स्थितिमा छ। त्यो विस्फोट हुनुभन्दा पहिला समाधान गर्नुस्,” उनले चेतावनी दिए।

सिंहले सत्ता र नियुक्तिमा समेत मधेशी समुदायको उपस्थिति कमजोर रहेको भन्दै यसरी राज्य सञ्चालन गर्न नसकिने टिप्पणी गरे।

सिफारिस

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको...

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै त्यसको कडा विरोध गर्दै नेपाल बार एशोसिएसनले लालटिन बालेर प्रदर्शन गरेको छ। न्यायपालिकाभित्र हराउँदै गएको...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ । नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड...

भर्खरै

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला...

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

धेरै पढिएको