रविले निष्काशित गरे जिल्ला सभापति, यस्तो छ आरोप

काठमाडौं । रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज भएको छ । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले स्वर्णकारलाई पत्र पठाएर साधारण सदस्यता खारेज गरिएको जानकारी दिएका हुन् ।

अनुशासन आयोगमा बाराबाट निर्वाचित ४ जना सांसदहरुले स्वर्णकारविरुद्ध उजुरी दिएका थिए । आर्थिक अनियमिता, पार्टी संगठन परिचालन नगरेको, विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको लगायत आरोप उनीमाथि लागेको थियो । त्यसैले उनलाई कारबाही गरिएकाले रास्वपाले जनाएको छ ।

रास्वपा नेताहरुका अनुसार बारा जिल्ला समिति भंग गरेर नयाँ समिति बनाउन केन्द्रबाट प्रतिनिधि खटाइसकिएको छ ।

पार्टीबाट निस्कासित भएका स्वर्णकारले भने आफ्नो ‘राजनीतिक हत्या’ भएको टिप्पणी गरेका छन् ।

आफूमाथि भएको कारबाहीको व्यहोराको पत्र सार्वजनिक गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘मेरो राजनीतिक हत्या भयो, अब फैसला महागढीमाई र बाराका जनताको हातमा । आदरणीय आम जनसमुदाय, षड्यन्त्रको पराकाष्ठा कस्तो हुन्छ भन्ने कुराको अन्तिम प्रमाण यही पत्र हो ।’

उनले तथ्य र प्रमाणहरूलाई पूर्ण रूपमा नजरअन्दाज गर्दै, विना कुनै निष्पक्ष छानबिन, केन्द्रले जेठ ९ गते हुन लागेको बाराको विस्तारित बैठक र अधिवेशनको ठीक अगाडि आफूलाई साधारण सदस्य समेत नरहने गरी खारेज गरेको आधिकारिक पत्र पठाएको उनले लेखेका छन् ।

अधिवेशनमा पार्टी सदस्यहरूले आफूलाई पुन: जिल्ला सभापति चुन्ने डरले सांसदहरुको दबाबमा आफूलाई पार्टीबाटै निष्कासन गरिएको उनको आरोप छ ।

सिफारिस

किन रोक्यो बालेन सरकारले नयाँ सवारी दर्ता ?

काठमाडौं । सरकारले देशैभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता पूर्णरूपमा रोकेको छ । यातायात व्यवस्था विभागले सातै प्रदेशका मन्त्रालयहरू र देशैभरिका स्थानीय तहलाई पत्राचार...

शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप, ८ राष्ट्रका टोली नेपालमा (तस्वीरहरू)

काठमाडौं - महिला भलिबलको प्रतिस्पर्धात्मक माहोल फेरि एकपटक काठमाडौंमा देखिने भएको छ । शुक्रबारदेखि सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित ८...

सितल गिरीद्वारा ७७ जिल्लामा एकल मोटरसाइकल यात्रा सुरु

काठमाडौं - नेपालकी युवा महिला मोटरसाइकल प्रशिक्षक तथा रोड क्याप्टेन सितल गिरीले नेपालका सबै ७७ जिल्लाको ऐतिहासिक एकल मोटरसाइकल यात्रा सुरु गरेकी छन्। “नेपाल...

भर्खरै

शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप, ८ राष्ट्रका टोली नेपालमा (तस्वीरहरू)

काठमाडौं - महिला भलिबलको प्रतिस्पर्धात्मक माहोल फेरि एकपटक काठमाडौंमा...

सितल गिरीद्वारा ७७ जिल्लामा एकल मोटरसाइकल यात्रा सुरु

काठमाडौं - नेपालकी युवा महिला मोटरसाइकल प्रशिक्षक तथा रोड...

नयाँ संघीय संसद भवन निर्माणका काम अन्तिम चरणमा (तस्विरहरु)

सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद भवनको मुख्य सभा...

नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटसल च्याम्पियनसिप सम्पन्न

काठमाडौं - नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ...

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको...

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको...

धेरै पढिएको