रवि लामिछाने भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अर्को साता भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि भारत भ्रमण गर्ने रास्वपाका उनी पहिलो शीर्ष नेता हुनेछन्।

भारतको विदेश मन्त्रालयको निमन्त्रणामा लामिछाने जुन १–२ (जेठ १८–१९) मा नयाँ दिल्ली जाने तय भएको हो। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेट हुन सक्ने आकलन गरिएको भए पनि हालसम्म औपचारिक रूपमा भेट निश्चित भइसकेको छैन।

रास्वपाका नेताहरूका अनुसार भ्रमणका क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्री लगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

पार्टीगत भ्रमण भएकाले उनलाई भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा स्वागत गर्ने तयारी गरिएको छ। त्यहाँ उनले भाजपाका अध्यक्ष नितिन नवीन सँग पनि भेट गर्ने बताइएको छ।

भारतले यसअघि पनि नेपालका सत्तारुढ दलका शीर्ष नेताहरूलाई विदेश मन्त्रालयको निमन्त्रणामा भ्रमण गराउँदै आएको छ। यसअघि शेरबहादुर देउवा र पुष्पकमल दाहाल ले पनि भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा भारत भ्रमण गरेका थिए। उनीहरू दुवै भाजपा मुख्यालय पुगेका थिए।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भइरहेका बेला लामिछानेको दिल्ली भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ। निर्वाचनपछि दुई तिहाइ बहुमतसहित सरकार गठन भएयता रास्वपा सभापति लामिछानेको यो पहिलो भारत भ्रमण हुनेछ। यसअघि संसदको चौथो ठूलो दलको नेता तथा दुई पटक गृहमन्त्री रहँदा पनि उनी भारत भ्रमणमा गएका थिएनन्।

यता, प्रधानमन्त्री शाहसँग भेटको समय नमिलेपछि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको थियो। साथै, मे महिनाको अन्तिम साता तय भएको परराष्ट्रमन्त्री शीशीर खनाल को भारत भ्रमण पनि स्थगित भइसकेको छ।

भारत र चीन ले लिपुलेक नाका हुँदै पुनः व्यापार सञ्चालन गर्ने घोषणा गरेपछि नेपाल सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाएर विरोध जनाएको थियो। बालेन सरकार गठन भएयता नेपाल–भारत सम्बन्धमा उल्लेखनीय नयाँ प्रगति हुन नसकेको टिप्पणी हुँदै आएको छ।

सिफारिस

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धेरै पढिएको