मनाइयो अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस, दुई सैनिकका परिवारलाई सम्मान

काभ्रे – विश्वका द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिएका तथा खटिइसकेका शान्ति सैनिकहरूको योगदानको सम्मानस्वरूप मनाइने अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस  नेपाली सेनाले विशेष कार्यक्रमका साथ मनाएको छ।

नेपाली सेनाको आयोजनामा सोमबार वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा आयोजित कार्यक्रममा प्रधान सेनापति अशोक राज सिग्देलले शान्ति मिसनका क्रममा वीरगति प्राप्त गरेका दुई सैनिकका परिवारलाई सम्मानपत्र प्रदान गरेका छन्। साथै शान्ति स्थापनार्थ उत्कृष्ट कार्य गर्ने पाँच सैनिकलाई कदरपत्र प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

कार्यक्रममा रक्षा सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग का प्रमुख तथा पदाधिकारी, स्थानीय जनप्रतिनिधि, परराष्ट्र मन्त्रालय का अधिकारी, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी, विभिन्न मित्रराष्ट्रका सैनिक सहचारी, सञ्चारकर्मी तथा नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपालले संयुक्त राष्ट्र संघ को आह्वानमा सन् १९५८ देखि शान्ति सैनिक खटाउँदै आएको छ। हाल नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा अग्रस्थानमा रहेको छ। संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत विश्वका विभिन्न नौवटा मिसनमा नेपाली सेनाका ४ हजार १७९ जना शान्ति सैनिक कार्यरत छन्।

विश्व शान्ति स्थापनाको अभियानमा हालसम्म नेपाली सेनाका ७४ जना सैनिकले वीरगति प्राप्त गरेका छन् भने ७७ जना सैनिक घाइते भएका छन्।

UN Day Rehearsal by DGMO

 

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको