सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किने भएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पुनः गृहमन्त्री नियुक्त गर्न लागेका हुन्।

गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्ने गरी सम्पूर्ण तयारी अगाडि बढाइएको स्राेतले जनाएकाे छ। राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसअघि गत चैत १३ गते गृहमन्त्रीको रूपमा पहिलोपटक कार्यभार सम्हालेका गुरुङले सेयर लगानी र स्वार्थको बाझिने विषयलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेपछि नियुक्तिको २६ दिनमै (गत वैशाख ९ गते) पदबाट राजीनामा दिएका थिए। आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिनका लागि बाटो खुला गर्न भन्दै उहाँले नैतिकताको आधारमा तत्कालीन समयमा राजीनामा बुझाएका थिए।

उनीमाथि लागेका आरोपहरूको विस्तृत अध्ययन र छानबिन गर्न सरकारले गत वैशाख अन्तिम साता उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा एक विशेष समिति गठन गरेको थियो। उक्त छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउँदै उनलाई सफाइ (क्लिन चिट) दिएको वा राजनीतिक समीकरणमा कुरा मिलेको आधारमा गुरुङलाई पुनः सोही शक्तिशाली मन्त्रालयको जिम्मेवारी सुम्पन लागिएको हाे।
गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गुरुङ रास्वपाभित्र र युवा वृत्तमा आक्रामक एवं ऊर्जावान् नेताका रूपमा चिनिन्छन्।

सिफारिस

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले कृषि पेसामा पुरुषभन्दा महिला बढी सक्रिय रहेको देखाउँछन्। यद्यपि महिला कृषकहरूको सामाजिक तथा आर्थिक अवस्था...

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने

काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी भइरहेको छ। स्रोतका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पुनलाई उक्त...

विशाल भण्डारीलाई सरकारले दियो रेडक्रस हाँक्ने जिम्मा

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित...

भर्खरै

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने

काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन...

विशाल भण्डारीलाई सरकारले दियो रेडक्रस हाँक्ने जिम्मा

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ...

हर्क साम्पाङमाथि ट्राफिकको कारबाही

काठमाडौं - नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन...

ऊर्जा मन्त्रालयमा एक सचिव मात्रै, दवाडीलाई पूर्ण जिम्मेवारी

काठमाडौं - सरकारले मन्त्रालयहरूको संख्या घटाउँदै प्रशासनिक संरचना पुनर्गठन...

१० सचिवको सरुवा, को कहाँ ?

काठमाडौँ - सरकारले १० सचिवको सरुवा गरेको छ ।...

नेपाल बन्यो एसियाली खेलकुद छनोटको च्याम्पियन

नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ।...

धेरै पढिएको