काठमाडौँ – सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
‘विशाल कुमार भण्डारी दोलखाको नेतृत्वमा नेपाल रेडक्रस समितिमा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने’, प्रवक्ता पोखरेलले जानकारी दिए ।
त्यस्तै निजामती सेवा १६ औँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
