जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषि देव फुयाँल निर्वाचित

काठमाडौं — जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि देव फुयाँल महासंघको केन्द्रीय अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

हालै सम्पन्न विशेष अधिवेशन तथा निर्वाचन प्रक्रियामार्फत फुयाँललाई महासंघको नयाँ नेतृत्वका रूपमा चयन गरिएको हो। निर्वाचन समितिका अनुसार संस्थाको विधान–२०५२ (संशोधनसहित) बमोजिम निर्वाचन प्रक्रिया अघि बढाइएको थियो।

राष्ट्रिय परिषद् बैठकबाट गठित निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार निर्धारित समयभित्र उम्मेदवारी दर्ता तथा नामावली प्रकाशन प्रक्रिया व्यवस्थित रूपमा सम्पन्न गरिएको जनाएको छ।

महासंघले विगतदेखि अवलम्बन गर्दै आएको लोकतान्त्रिक अभ्यास र राजनीतिक सहमतिका आधारमा पद विभाजन गर्ने परम्परालाई यस पटक पनि निरन्तरता दिएको छ। निर्वाचन समितिका अनुसार जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्दा राजनीतिक दलका आधारमा निर्वाचन हुने अभ्यास यसपटक पनि विवादरहित रूपमा सम्पन्न भएको हो।

दलीय सहमति तथा कार्यक्रममा सहभागी प्रतिनिधिहरूको पूर्ण समर्थन र ऐक्यबद्धताका आधारमा नयाँ पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएको समितिले स्पष्ट पारेको छ। यस प्रक्रियाले स्थानीय तहका जनप्रतिनिधिहरूबीच सहकार्य, समझदारी र राजनीतिक समन्वयको सकारात्मक सन्देश प्रवाह गरेको महासंघको निष्कर्ष छ।

नवनिर्वाचित अध्यक्ष ऋषि देव फुयाँलले पदभार ग्रहणपछि महासंघलाई आगामी दिनमा अझ सशक्त, पारदर्शी, उत्तरदायी र प्रभावकारी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले संघीय शासन व्यवस्थामा जिल्ला समन्वय समिति महासंघ नेपालले स्थानीय तहहरूबीच समन्वय, सहकार्य तथा विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।

अध्यक्ष फुयाँलले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच पुलको भूमिका निर्वाह गर्दै स्थानीय स्वायत्त शासन र सङ्घीयताको आधारलाई थप मजबुत बनाउन आफू तथा आफ्नो सम्पूर्ण टोली प्रतिबद्ध भएर काम गर्ने बताए।

सिफारिस

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

भर्खरै

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

धेरै पढिएको