फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट भएका छन्।

मोमेन्ट्स कलेक्टिभ र ग्रीसको पालायो फालिरो नगरपालिकाको सहकार्यमा आयोजना हुने उक्त महोत्सवका लागि विश्वभरबाट प्राप्त आवेदनमध्ये श्रेष्ठका तीन तस्बिर प्रदर्शनीका लागि स्वीकृत भएका आयोजकले जनाएको छ।

आयोजकका अनुसार महोत्सव आगामी सेप्टेम्बर ४ देखि १३ सम्म ग्रीसको पालायो फालिरो सिटी हल कल्चरल भेन्युमा आयोजना हुनेछ। प्रदर्शनीमा छनोट भएका तस्बिर फुजिफिल्म फोटो पेपरमा मुद्रण गरी प्रदर्शन गरिनेछ।

महोत्सवमा सहभागी हुन तीन तस्बिरको सेटबापत १३५ युरो तथा २४ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० सहित कुल १६७ दशमलव ४० युरो सहभागिता शुल्क तोकिएको आयोजकले जनाएको छ। छनोट भएका सहभागीले सात दिनभित्र शुल्क भुक्तानी गरी उच्च गुणस्तरका तस्बिर तथा भुक्तानीको प्रमाण पठाउनुपर्ने व्यवस्था गरिएको छ।

श्रेष्ठले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा पर्यटनसम्बन्धी तस्बिर प्रदर्शन हुने अवसर नेपालको प्रवर्द्धनका लागि महत्वपूर्ण भएको बताउनुभयो। उहाँले सहभागिताका लागि आवश्यक शुल्क व्यवस्थापनमा नेपाल पर्यटन बोर्डलगायत सम्बन्धित निकायको सहयोग अपेक्षा गर्नुभएको छ।

आयोजकका अनुसार महोत्सवमा प्रदर्शनी सम्पन्न भएपछि सहभागीलाई डिजिटल सहभागिता प्रमाणपत्र प्रदान गरिनेछ। साथै, छनोट भएका तस्बिर आयोजकको वेबसाइट र सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरिने जनाइएको छ।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

धेरै पढिएको