काठमाडौँ- नेपालमा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कोरोना भाइरस संक्रमितको संख्या २०९९ पुगेको छ। यो अहिलेसम्मकै ठूलो दैनिक वृद्धि हो।
आज संक्रमित मध्ये १७० पुरुष र १८ जना महिला रहेका छन् । हालसम्म कोरोना संक्रमण ६१ जिल्लामा फैलिएको छ।
नेपालमा थप ४५ जना डिस्चार्ज भएका छन्। कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या २६६ पुगेको छ। त्यस्तै कोरोना भाइरसको कारण हालसम्म मृत्यु हुनेको संख्या ८ पुगेको छ।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भइरहेको छ।
