महोत्तरी – महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहामा एक लागुऔषध जाल प्रहरीले फेला पारेको छ।
गत मङ्गलबार राति प्रहरी निरीक्षक केदार बस्नेत नेतृत्वको प्रहरी टोलीले कुखुराको खोरमा गाँजा भण्डारण गरिएको पत्ता लगाएको हो। कारोवार सञ्चालन गर्दै आएका ५२ वर्षीय चौधरी भने फरार छन्। जिल्लामा पछिल्ला तीन वर्षयता यति धेरै परिमाणमा गाँजा फेला परेको यो पहिलो हो।
कुखुराको खोरबाट झण्डै दुई क्विन्टल गाँजा पोका बनाएर राखेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
पहिलेदेखि नै त्यो बस्तीका लक्ष्मी चौधरी लागुऔषध गाँजाको ओसारपसार र कारोवारमा संलग्न छन् भन्ने सूचना पाएपछि त्यसको खोजीमा प्रहरी लागेको थियो। प्रहरीले १६ प्लाष्टिकका पोका र दुई बोरामा राखेर कुखुराको खोरमा थन्क्याइएको १८० किलो गाँजा बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
