रामेछाप – लकडाउन पछि वन्द रहेका मन्थलीका प्राय सवै प्रकारका पसलहरु शुक्रबार विहानै देखी खुलेका छन् । विहिबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको अध्यक्षतामा वसेको संकट व्यवस्थापन समितिको निर्णय बमोजिम बजार खुलेको हो । यद्यपी संघीय सरकारले लगाएको लकडाउन हटेको छैन ।
निर्णय अनुसार शैलुन, होटल र व्युटिपार्लर बाहेकका व्यवसाय विहान ६ बजे देखि दिउसो १ बजे सम्म खुल्न पाउने भएका हुन । व्यवसायीले लकडाउनको पर्वाह नगरी भित्रभित्रै सामान विक्रि गर्न थालेपछि प्रमुख जिल्ला अधिकारी शर्मालै बैठक डाकेर वजार खोल्ने निर्णय गराएकी हुन । निर्णय अनुसार वजारमा हरेक पसलको बाहिर साबुन पानी राख्ने र सामाजिक दुरी कायम गराउने व्यवस्थापन रामेछाप उद्योग वाणिज्य संघले मिलाउनु पर्नेछ । शुक्रबार विहान भने बजारमा एक ठाउँमा मात्र व्यवसायीले साबुन पानी राखेको पाइएको थियो ।

रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीले निर्णय बमोजिम सावुन पानीको व्यवस्था र सामाजिक दुरी कायम गरीदिनका लागि व्यवसायीलाई आग्रह गर्ने जनाएका छन् यस अघि लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न प्रशासनले सकेको थिएन । लकडाउनको निर्णय कार्यान्वयनका लागि बजारमा प्रहरी र सशस्त्र प्रहरी खटाइएपनि उनिहरु मुखादर्शक हुदै आएका थिए । हेर्दा वन्द जस्तो देखिएपनि दिनभर जस्तो वजारमा किनवेच हुदै आएको थियो । लामो समय देखि लकडाउन हुदा खाना खानै समस्या परेको भन्दै व्यवसायीले घर भाडा र बैंकको व्याज तिर्न नसक्ने तर्फ सरकारको ध्यानाकर्षण गराउदै आएका थिए ।
अव होटल , शैलुन र व्युटिपार्लर व्यवसाय र तराईको जिल्लाबाट फलफुल र तरकारी ल्याउने कार्य रोकिएका छन् । ति व्यवसाय संग सम्बन्धित व्यवसायीले भने प्रशासनले गरेको निर्णय विभेदकारी रहेको जनाउदै असन्तुष्टि पोखेका छन् । वजारमा भिड गराएर सामान खरिद विक्री गर्दा सहने सरकारले आएका पाहुनालाई खान वस्न नदिने निती ल्याएकोमा रोष पोखेका छन् ।
