रामेछाप – रामेछापका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका ११ जना लिखु तामाकोशी गाउँपालिकाका ६ जना र दोरम्बा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। १७ जनाको धुलिखेल अस्पतालमा र १ जनाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा पोजेटिभ आएको हो।
दोरम्बा गाउँपालिका २ का २३ बर्षको पुरुषमा कोरोना पुष्टि भएको हो हाल उनी जुम्लामा कार्यरत छन्।
त्यस्तै १७ जना भने सबै क्वारेन्टिन रहेको र हालै भारतबाट आएका हुन्। सबै १७ जनालाई जिल्ला अस्पतालमा ल्याउने तयारी भैरहेको छ।
