काठमाडौं- गायक तथा एरेन्जर रामचन्द्र चन्दको असारे गीत ‘साँइला दाई’ पछिल्लो समय चर्चामा रहेको छ। आधुनिक जमानामा ति पुरानो गाउँले परम्परालाई उजागर गरेकै कारण चर्चा बटुल्न सफल भएको हो। गीतमा चन्दलाई गायिका बन्दना पाण्डे आवाजमा साथ दिएकी छन् ।
प्रदिप पर्खर पोख्रेल र कृष्ण चन्दको शब्द रहेको गीतमा गायक चन्द कै लय रहेको छ । दिपक लामिछाने र शुभेक्षा रेग्मीको अभिनय रहेको म्युजिक भिडियोमा हुम गैरेको निर्देशन तथा सम्पादन रहेको छ भने बसन्त महर्जनको उत्कृष्ट छायाङ्गकन रहेको छ ।
हेर्नुहोस् भिडियो
