काठमाडौं- झण्डै एक सातादेखि नेपालमा जारी मनसुन अझै केहि दिन नरोकिने मौसमविदले जानकारी गराएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेका कारण अझै केहि दिनसम्म लगातार झरी पर्ने जानकारी दिएको छ ।
मौसम पूर्वानुमानका अनुसार मंगलबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भने, प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यता, प्रदेश १, बाग्मती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
