काठमाडौं – नेकपाभित्र सत्ता संघर्ष चर्कन थालेपछि नेकपाका नेता एवं कृषिमन्त्री घनश्याम भुसालले मध्यरातमा एउटा ट्विट गरेका छन् ।
मंगलबार मध्यरातमा उनले सामाजिक ट्विटरमा लेखेका छन् , ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो १अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो १ नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ ।’
हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एक पटक विवेक र धैर्यको परिक्षा दिनु पर्ने भयो ! नहड्बडाएर, एकताबद्ध भएर यसको सामना गरिने छ ।
— Ghanashyam Bhusal (@gsbhusal) June 30, 2020
मंगलबारको स्थायी कमिटी बैठकमा प्रचण्डसहित नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद चर्किएको छ ।
