काठमाडौं- काठमाडौं उपत्यकामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५ जना पुरुष, ५ जना महिला र भक्तपुरका १ जना महिला १ जना पुरुष र ललितपुरको २ जना पुरुषमा ३ जना महिला कोरोना संक्रमण देखिएको हो।
काठमाडौँ उपत्यकामा हिजो पनि १४ जनामा कोरोना संक्रमित भेटिएको थियो।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन खुकुलो भएसंगै बाहिर जिल्ला र विदेशबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।
