काठमाडौँ- नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामको बयालपाटा अस्पतालमा मृत्यु भएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको थियो ।’
असार १३ गते राति एक्कासी श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा पुर्याइएको र उपचारकै क्रममा १६ गते मृत्यु भएको थियो ।
कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३० पुगेको छ।
