काठमाडौं- काठमाडौं उपत्यकामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा ११ जना पुरुष, १७ जना महिला र भक्तपुरका २ जना पुरुष र ललितपुरको २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो। काठमाडौँ जिल्लामा मात्रै आज २८ जनामा कोरोना संक्रमण देखिएको छ।
काठमाडौँ उपत्यकामा हिजो पनि १७ जना कोरोना संक्रमित भेटिएको थियो।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन खुकुलो भएसंगै बाहिर जिल्ला र विदेशबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।
