धनुषा – प्रदेश नं २ को मंगलबार बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ । संसद सचिवायलयले सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित गरिएको जानकारी दिएका छन् । प्रदेशसभाको अर्को बैठक चैत १२ गते बोलाइएको छ ।
यो भन्दा पहिले फागुन २७ गते बैठक बसेको थियो । प्रदेशसभामा छलफल गर्नका लागि एजेण्डा नभएका कारण १० दिनका लागि स्थगित गर्दै मंगलबार बैठक बोलाइएको थियो । प्रदेश सरकार अहिले सम्म छलफलका लागि कुनै विधेयक दर्ता नगराएको कारण प्रदेशसभामा कुनै एजेण्डा नरहेको कारण मंगलबारको बैठक स्थगित गरिएको बताइएको छ ।