अजय लेन्सम्यान
ललितपुर – सडक मर्मत सुधारको माग गर्दै ललितपुर महानगरपलिका २८ हरिसिद्धिका स्थानीय बासिन्दाले सोमबार बिहानैदेखि हरिसिद्धि–गोदावरी सडक अवरुद्ध पारेका छन्।
पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा सडकमा आवागमनमा निकै कठिन भएकाले सडक अवरुद्ध पारेका हुन्।ठेकेदारका गम्भीर लापरबाहीका कारण समयमै बाटो मर्मत नहुँदा स्थानीयले निकै सास्ती पाएका छन्।’

तत्काल बाटो मर्मत हुने विश्वासिलो प्रतिबद्धता नआएसम्म खुल्न नदिइने स्थानियले बताए।
स्थानीयले यथास्थितिमा बाटो पिच गर, ज्यानमा बाटो सुधार गर, अदालतको आदेश पुरा गर, भ्रष्टाचारिलाई कारबाही गर लगायतका नारा लगाउदै आन्दोलनमा उत्रेका हुन्। उनीहरुले सडकमै धान समेत रोपेका छन्।



