काठमाडौंमा घट्यो यस्तो डरलाग्दो बलात्कारको घटना

काठमाडौं – काठमाडौंमा एक १५ बर्षीया किशोरी ड्राइभर ग्याङ (चालक र सहचालक) को सामूहिक बलात्कारको शिकार भएकी छन् । काठमाडौंको कीर्तिपुरबाट बसमा चढेकी बौद्धिक अपाङ्गता भएकी किशोरी ‘ड्राइभर ग्याङ’ को पटक पटक बलात्कारको शिकार भएकी हुन् ।

फागुन १७ गते साँझ घरबाट निस्किएकी किशोरीमाथि बा २ ख ४५९५ नम्बरको गाडीका चालक र सहचालक सहितकाले पटक पटक बलात्कार गरेका हुन् । उनी ६ दिनसम्म ती चालक र सहचालकको शिकार बनिन् ।

उनीहरुको कब्जामा रहेकी किशोरी एक पटक भाग्न खोज्दा सहचालकको फन्दा परेकी थिईन् । सहचालकले समातेर फेरि कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।त्यस्तै उक्त समूहले अर्को समूहको जिम्मा लगाएर फेरि त्यहा पनि बलात्कारको शिकार बनेकी काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले जानकारी दिए ।

उक्त समूहले बा ४ ख ३८५१ नम्बरको गाडीको चालकलाई हस्तान्तरण गरेका थिए । उक्त गाडिका चालकले पनि दिनभर किशोरीलाई गाडीमा हालेर घुमाएर साँझ स्वयम्भूस्थित एक ग्यारेजमा लगेर सामुहिक बलात्कार गरेको खुल्न आएको डिएसपी थापाको भनाई छ ।

पटक पटक ड्राईभर ग्याङबाट बलात्कारको शिकार बनेकी किशोरीलाई गर्भ निरोधक औषधी खुवाउँनुका साथै अढाइ सय रुपैयाँ दिएर छाडेका थिए । उक्त सामूहिक बलात्कार काण्डमा संलग्न रहेको आरोपमा प्रहरीले चालक र सहचालकलाई पक्राउ गरेको छ ।

सुरुमा प्रहरीले बा २ ख ४५९५ को चालक भोला तामाङ र चन्द्र सापकोटालाई पक्राउ गरेको थियो । त्यस्तै अर्का गाडीका चालक गड्तौला गौशाला र फरार भएका सहचालक सन्तोष घिमिरे झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । घटनामा संलग्न एक जना फरार रहेको र उनको खोजी कार्य भईरहेको डिएसपी थापाले बताए ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको