काठमाडौंमा घट्यो यस्तो डरलाग्दो बलात्कारको घटना

काठमाडौं – काठमाडौंमा एक १५ बर्षीया किशोरी ड्राइभर ग्याङ (चालक र सहचालक) को सामूहिक बलात्कारको शिकार भएकी छन् । काठमाडौंको कीर्तिपुरबाट बसमा चढेकी बौद्धिक अपाङ्गता भएकी किशोरी ‘ड्राइभर ग्याङ’ को पटक पटक बलात्कारको शिकार भएकी हुन् ।

फागुन १७ गते साँझ घरबाट निस्किएकी किशोरीमाथि बा २ ख ४५९५ नम्बरको गाडीका चालक र सहचालक सहितकाले पटक पटक बलात्कार गरेका हुन् । उनी ६ दिनसम्म ती चालक र सहचालकको शिकार बनिन् ।

उनीहरुको कब्जामा रहेकी किशोरी एक पटक भाग्न खोज्दा सहचालकको फन्दा परेकी थिईन् । सहचालकले समातेर फेरि कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।त्यस्तै उक्त समूहले अर्को समूहको जिम्मा लगाएर फेरि त्यहा पनि बलात्कारको शिकार बनेकी काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले जानकारी दिए ।

उक्त समूहले बा ४ ख ३८५१ नम्बरको गाडीको चालकलाई हस्तान्तरण गरेका थिए । उक्त गाडिका चालकले पनि दिनभर किशोरीलाई गाडीमा हालेर घुमाएर साँझ स्वयम्भूस्थित एक ग्यारेजमा लगेर सामुहिक बलात्कार गरेको खुल्न आएको डिएसपी थापाको भनाई छ ।

पटक पटक ड्राईभर ग्याङबाट बलात्कारको शिकार बनेकी किशोरीलाई गर्भ निरोधक औषधी खुवाउँनुका साथै अढाइ सय रुपैयाँ दिएर छाडेका थिए । उक्त सामूहिक बलात्कार काण्डमा संलग्न रहेको आरोपमा प्रहरीले चालक र सहचालकलाई पक्राउ गरेको छ ।

सुरुमा प्रहरीले बा २ ख ४५९५ को चालक भोला तामाङ र चन्द्र सापकोटालाई पक्राउ गरेको थियो । त्यस्तै अर्का गाडीका चालक गड्तौला गौशाला र फरार भएका सहचालक सन्तोष घिमिरे झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । घटनामा संलग्न एक जना फरार रहेको र उनको खोजी कार्य भईरहेको डिएसपी थापाले बताए ।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको