काठमाडौं – समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको छ । आज बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन् ।
पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेकी थिइन् ।
