काठमाडौँ- नेपाल प्रहरीको २८ औं आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । सरकारले प्रहरीका एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । थापा २०७६ साल फागुन १५ गते एआईजीमा बढुवा भएका थिए ।
गृहमन्त्रालयले जेष्ठता, कार्यक्षमता, र कार्यसम्पादनसमेतको मुल्यांकनका आधारमा आईजीपीको बढुवा गर्न मन्त्रिपरिषद्मा सिफारिस गरे अनुसार आज बसेको मन्त्रिपरिषको बैठकले थापालाई आईजीपी बनाएको हो ।
२२ महिनाको प्रहरी संगठनको नेतृत्व सम्हाल्ने छन्। थापा २०४९ बैशाख १९ प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए ।
