क्वारेन्टाइनकाे स्थलगत अनुगमनमा प्रजिअ शर्मा गाउँ-गाउँमा

रामेछाप – रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा मंगलबार गाेकुगंगा  गाउँपालिकाकाे क्वारेन्टाइन अनुगमन पुगेकी छन्  । विश्वभर महामारीको रुपमा फैलिएकाे काेराेना भाइरस काेभिड १९ काे संक्रमणलाइ राेक्न तथा नियन्त्रण गर्न लागि गरिएकाे तयारी तथा व्यवस्थापनकाे अनुगमन जिल्लाकाे विभिन्न स्थानिय तहमा प्रजिअ शर्मा आफै पुग्ने गरेकी छन् ।

काेभिड १९ काे संक्रमणबाट बच्नका लागि स्थानिय तहले गरेकाे तयारी तथा व्यवस्थापनकाे अवस्थाकाे स्थलगत अनुगमनमा पुगेका प्रजिअ शर्माले सुधार गर्नुपर्ने कुराहरुमा सुझाव दिनुहुदै हामीले आ- आफ्नै  कर्तव्य पुर्ण रुपमा पालना गर्न सके काेराेनाबाट वचन सकिने बताइन् । त्यसैगरी बिरामी र अत्यावश्यक काममा बाहेक अन्यलाई सवारी पासमा कडाइ गरिएकाे उनले भनाइ छ । त्यसैगरि नेकपाका नेता आनन्द श्रेष्ठले काेराेनासँग बच्नका लागि डराएर हाेइन सुरक्षा सतर्कता अपनाउदै उच्च मनाेबल बनाएर काम गर्नु पर्ने बताए ।

साे पालिकामा हाल ५ वटा आइइसाेलेसन , २४ वटा क्वारेन्टाइन बेड तयार भएकाे पालीका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताए । त्यसैगरि पालिकाका १५० जनाकाे र्यापिट टेष्ट र १४९ जनाकाे स्वाब परिक्षण भएकाे अध्यक्ष सुनुवारको भनाइ छ  । यसअघि पालिकामा ११ जनामा काेराेना पाेजेटिभ भेटिएकाे थियाे । हाल पालिकाकाे क्वारेन्टाइनमा जिल्ला बाहिर तथा विभिन्न देशबाट आएका ६ जना रहेका छन् ।

पालिकाकाे विभिन्न गतिविधि तथा काेराेनाबाट बच्न गरिएकाे तयारी तथा व्यवस्थापनकाे अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख  जितेन्द्र कर्ण, जिल्ला प्रहरी कार्यलयका प्रमुख बसन्त पाठक,राजनीतिक दलका प्रतिनिधि तथा संचारकर्मी सहितकाे संयुक्त समूह पुगेकाे थियाे ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको