प्रधानमन्त्रीको भारत भ्रमणमा राजनीतिक मुद्दामा छलफल नहुने

काठमाडौं – प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा नेपालको राजनीतिक विषयमा कुराकानी नहुने भएको छ । निर्वाचन मार्फत राजनीतिक संक्रमण सम्पन्न भइसकेको अवस्थामा अब ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बीच आर्थिक विकासका मुद्दामा छलफल गर्ने गरी कूटनीतिक तयारी थालिएको छ । दुवै देशका परराष्ट्र मन्त्रालयले आपसी छलफलका बुँदामा आन्तरिक परिस्थितिबारे छलफल नगर्ने तयारी गरिरहेका छन् । ‘भारतीय प्रधानमन्त्री मोदीले वाणिज्यमन्त्री मात्रिका यादब र भारतीय वाणिज्यमन्त्री सुरेश प्रभुसँग गत साताको संक्षिप्त कुराकानीमा राजनीतिक बिषय होइन, आर्थिक विकासका बिषयमा कुराकानी गर्ने इच्छा देखाउनु भएको छ । यो राम्रो संकेत हो,’ भेटबारे जानकार नेपाली अधिकारीले भने, ‘आन्तरिक राजनीतिक बिषयमा कुराकानी गर्ने इच्छा हाम्रो प्रधानमन्त्रीको पनि छैन भन्ने हाम्रो बुझाई छ ।’

यसअघि नेपालको संविधानलाई भारतीय प्रधानमन्त्रीले स्वागत गर्न अस्वीकार गर्दा र संविधान संशोधनका बिषयमा प्रधानमन्त्री ओलीले उल्लेख गर्न अस्वीकार गर्दा ओलीको पहिलो भारत भ्रमणमा संयुक्त बक्तव्य जारी भएको थिएन ।

विश्व व्यापार संगठनको मिनि मिनिस्टेरियल वैठकमा सहभागी हुन दिल्ली आएका बेला भारतीय मन्त्री सुरेश प्रभुको सहयोगमा वाणिज्यमन्त्री यादब र मोदीबीच संक्षिप्त कुराकानी भएको थियो । त्यसक्रममा मोदीले आर्थिक विकासमा सहकार्य गर्नु पर्ने धारणा राखेका थिए । ओलीको भारत भ्रमणमा त्यसबारे विस्तारमा छलफल हुने पनि मोदीले संकेत दिएका थिए । यसलाई नेपालले अवसरका रुपमा लिएर राजनीतिक बिषयमा छलफल नगर्ने र संयुक्त बक्तव्यमा पनि राजनीतिक बिषय समावेश नगर्ने वातावरण बनाउनु पर्ने जानकारहरुको सुझाब छ ।

नेपाली दुताबासका प्रवक्ता एवं राजनीतिक काउन्सिलर हरि प्रसाद ओडारीले भ्रमणको एजेन्डा र मिति चाँडै घोषणा हुने बताए । ‘हामी बिषयगत र लजिस्टिक तयारी गरिरहेका छौँ । मिति र एजेन्डा चाँडै घोषणा हुँदैछ,’ उनले भने । मिति औपचारिक घोषणा नभए पनि ओली २३ देखि २५ चैत सम्म भारतको तीन दिने राजकीय भ्रमणमा आउने गरी दुताबासले तयारी गरेको छ ।
नयाँ पत्रिकाबाट

सिफारिस

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

भर्खरै

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

धेरै पढिएको