प्रधानमन्त्रीको भारत भ्रमणमा राजनीतिक मुद्दामा छलफल नहुने

काठमाडौं – प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा नेपालको राजनीतिक विषयमा कुराकानी नहुने भएको छ । निर्वाचन मार्फत राजनीतिक संक्रमण सम्पन्न भइसकेको अवस्थामा अब ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बीच आर्थिक विकासका मुद्दामा छलफल गर्ने गरी कूटनीतिक तयारी थालिएको छ । दुवै देशका परराष्ट्र मन्त्रालयले आपसी छलफलका बुँदामा आन्तरिक परिस्थितिबारे छलफल नगर्ने तयारी गरिरहेका छन् । ‘भारतीय प्रधानमन्त्री मोदीले वाणिज्यमन्त्री मात्रिका यादब र भारतीय वाणिज्यमन्त्री सुरेश प्रभुसँग गत साताको संक्षिप्त कुराकानीमा राजनीतिक बिषय होइन, आर्थिक विकासका बिषयमा कुराकानी गर्ने इच्छा देखाउनु भएको छ । यो राम्रो संकेत हो,’ भेटबारे जानकार नेपाली अधिकारीले भने, ‘आन्तरिक राजनीतिक बिषयमा कुराकानी गर्ने इच्छा हाम्रो प्रधानमन्त्रीको पनि छैन भन्ने हाम्रो बुझाई छ ।’

यसअघि नेपालको संविधानलाई भारतीय प्रधानमन्त्रीले स्वागत गर्न अस्वीकार गर्दा र संविधान संशोधनका बिषयमा प्रधानमन्त्री ओलीले उल्लेख गर्न अस्वीकार गर्दा ओलीको पहिलो भारत भ्रमणमा संयुक्त बक्तव्य जारी भएको थिएन ।

विश्व व्यापार संगठनको मिनि मिनिस्टेरियल वैठकमा सहभागी हुन दिल्ली आएका बेला भारतीय मन्त्री सुरेश प्रभुको सहयोगमा वाणिज्यमन्त्री यादब र मोदीबीच संक्षिप्त कुराकानी भएको थियो । त्यसक्रममा मोदीले आर्थिक विकासमा सहकार्य गर्नु पर्ने धारणा राखेका थिए । ओलीको भारत भ्रमणमा त्यसबारे विस्तारमा छलफल हुने पनि मोदीले संकेत दिएका थिए । यसलाई नेपालले अवसरका रुपमा लिएर राजनीतिक बिषयमा छलफल नगर्ने र संयुक्त बक्तव्यमा पनि राजनीतिक बिषय समावेश नगर्ने वातावरण बनाउनु पर्ने जानकारहरुको सुझाब छ ।

नेपाली दुताबासका प्रवक्ता एवं राजनीतिक काउन्सिलर हरि प्रसाद ओडारीले भ्रमणको एजेन्डा र मिति चाँडै घोषणा हुने बताए । ‘हामी बिषयगत र लजिस्टिक तयारी गरिरहेका छौँ । मिति र एजेन्डा चाँडै घोषणा हुँदैछ,’ उनले भने । मिति औपचारिक घोषणा नभए पनि ओली २३ देखि २५ चैत सम्म भारतको तीन दिने राजकीय भ्रमणमा आउने गरी दुताबासले तयारी गरेको छ ।
नयाँ पत्रिकाबाट

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको