काठमाडौं- कोरोना भाइरसको महामारी पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पहिलो अफिसियल प्रतियोगिताका रुपमा टेस्ट क्रिकेट सुरु हुँदैछ ।
कोरोना महामारीको कारण मार्च १३ पछि पहिलो पटक अन्तर्राािष्ट्रय खेल खेल हुन लागेको छ । पछिल्लो पटक अन्तिम अन्तर्राष्ट्रिय खेल अष्ट्रेलिया र न्युजिल्यान्डबीच एक दिवसिय खेल भएको थियो । १ सय १६ दिनपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किंदा समर्थक, शुभचिन्तक, खेलाडी, प्रशिक्षक लगायत सबैमा उत्साह र खुसि फर्किंने छ ।
कोरोना महामारीकै बीच आज दिउँसो ३:४५ मा सुरु हुने इङ्ग्ल्यान्ड र वेष्ट इन्डिजबीचको खेल सँगै क्रिकेट मैदान फर्किनेछ । जुन साउथह्यामटन स्थित अगास बोल रंगशालामा हुनेछ ।
कोरोना पछिको पहिलो प्रतियोगिताका लागि इङ्ग्ल्यान्ड टोलीको नेतृत्व वेन स्टोक्सले गरिरहेका छन् भने इन्डिजको टोलीको नेतृत्व जसन होल्डरले गर्नेछन् ।
कप्तान स्टोक्सले सबैले यो क्रिकेट प्रतियोगिताका लागि उत्साहित रहेको बताएका छन् । ‘मलाई थाहा छ सबै जना यो प्रतियोगिताका लागि पर्खिरहेका छन् । सयौं हजारौं मान्छेहरुले हामीले राम्रो गरुन भन्ने चहाएका छन् । त्यो जिम्मेवारी हामीले पनि बोध गरेका छौं,’ कप्तान स्टोक्सले भने ।
दर्शक मैदान उपस्थित नहुने टेस्टमा खेलाडीहरुका लागि भने नयाँ प्रयोग हुनेछ । कोरोना महामारीका कारण दर्शकलाई मैदान उपस्थिती दिइएको छैन ।
