यी स्थानमा आज भारी वर्षा, सर्तकता अपनाउन आग्रह

काठमाडौँ- देशका विभिन्न स्थानमा आज भारी वर्षा भइरहेको छ । मनसुनी वायु सक्रिय भएकाले सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कञ्चनपुरको शान्तिपुर, बेलौरी र आसपासमा भारी वर्षा भैरहेको छ ।

कञ्चनपुर भइ बहने साना नदीमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ । त्यस्तै बर्दियाको गुलरिया, बाँकेको कोहलपुर, नेपालगञ्ज, दाङको दक्षिणी भाग, नवलपरासीको परासी, बर्दघाट, डण्डा बजार र आसपासमा भारी वर्षा भएकाले डुबानको जोखिम र साना नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको छ । कास्कीको पोखरा आसपास ठूलो पानी परेको छ ।

नारायणी नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । चितवनको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासमा जोखिम छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।०००

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको