काठमाडौं- काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ५ जनामा र ललितपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो।
हिजो शनिबार पनि काठमाडौँ उपत्यकामा ३ जनामा कोरोना संक्रमण देखिएको थियो।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन खुकुलो भएसंगै बाहिर जिल्ला र विदेशबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।
