काठमाडौं- मन्त्रिपरिषदको बैठक आज बेलुका ६ बजे बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउनेबारे सर्वोच्च अदालतले दिएको आदेशअनुसार निर्देशिका पारित गर्ने सम्भावना रहेको छ ।
त्यस्तै रिक्त विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा समेत छलफल हुने छ ।
