काठमाडौं – इपीएस परीक्षामा पास भएर पनि कोरिया जान नपाएका युवाहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । मंगलबार बिहान प्लेकार्डसहित माइतीघरमा प्रदर्शन गर्दै उनीहरुले सरकारलाई दवाव दिएका हुन् ।
सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरुले ‘सक्छौ रोजगार देऊ, सक्देनौँ कोरिया पठाइदेऊ, सरकार पसिना बेच्न जान्छौँ भनेका हौँ पहिचान होइन’ ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान सुचारु गर’जस्ता प्लेकार्डसहति प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागीले कि रोजगारी दिुनपर्ने कि कोरिया जान दिनुपर्ने र र कोरियाको लागि अन्तर्राष्ट्रिय उडान नियमीत गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनी गरेका थिए ।
२ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारभन्दा बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् ।