काठमाडौँ- कर्णाली प्रदेशका एक जना सांसदलाई कोरोना संक्रमण देखिएको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना देखिएको प्रदेश सभाले जनाएको छ।
सोमबार गरिएको पिसिआर परीक्षण गर्दा उनमा कोरोना देखिएको हो। कोरोना पोजेटिभ सांसदलाई आइसोलेसनमा राखिएको छ।
उनको अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। हाल संसद बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ।
