रामेछाप- रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जन्मदिनको अवसर पारेर क्यान्सर पिडितलाई आर्थिक सहयाेग गरेकी छिन् ।
शर्माले तामाकोसी अस्पतालमा उपचारत क्यान्सर पिडितलाई मंगलबार ५ हजार सहयाेग गरेकी हुन् । यसैगरि साे अस्पतालमा उपचारत १२ जना अन्य बिरामीलाई फलफुल वितरण समेत गरेकी छिन् ।
प्रजिअ शर्माले जन्मदिनकै अवसरमा जिल्ला प्रशासन कार्यालयकाे हातामा विभिन्न जातका विरुवा राेप्नुका साथै एकल महिला संजाल रामेछापलाई सहायता स्वरुप ७ हजार प्रदान गरेकी छिन् ।
