काठमाडौं – महानायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन आग्रह गरेका छन् । मंगलबार मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन् ।
आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिका बिरुद्ध दर्शकले गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन उनले आग्रह गरेका छन् ।
राजेशले दर्शकलाई सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई मानवीय हिसावले आत्मसममानमा ठेष नपुग्ने गरी संयमित भएर प्रतिक्रिया जनाउन अपिल गरेका छन् ।