काठमाडौँ- नेपालमा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७१७७ पुगेको छ ।
त्यस्तै आजै थप ६९७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ११०२५ पुगेको छ।
त्यस्तै नेपालमा कोरोना भाइरसको कारण हालसम्म मृत्यु हुनेको संख्या ३८ पुगेको छ।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
