खोकनावासीको विरोध प्रदर्शन, खुडोल फाँटमा रोपे धान (फोटोफिचर)

  • फोटो : सरन महर्जन, भिडियो : धमिन महर्जन 

काठमाडौँ — खुडोल फाँटमा शनिबार खोकनावासीले सांकेतिक विरोध गरेका छन् । उनीहरुले धान रोपेर र भटमासको बिउ छर्दै सांकेतिक रुपमा विरोध जनाएका हुन् ।

उचित मुआब्जा नपाएको भन्दै दु्रतमार्गको विरोधमा उत्रिएका खोकना, बुंगमतिका स्थानीयले खोकनामै बन्न लागिएका अन्य योजनाहरु स्मार्ट सिटी, रेल मार्ग, १३३ केभीको बिद्युतीय प्रशारण लाईन, बागमती कोरिडोरको एक साथ विरोध गर्दै आएका छन् । दु्रतमार्गको वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाईदेखि खोकनालाई दु्रतमार्ग चाहिँदैन भन्दै आएका स्थानीयले अझै विरोध गर्न पनि छोडेका छैनन् ।

‘सम्पदा र नेवा सँस्कृति मासिने गरी विस्तार हुन लागिएको फाष्टट्रयाकलगायत अन्य योजना खोकनालाई स्विकार्य छैन । हामी राज्य शान्ति पूर्ण आन्दोलन गर्छौँ । राज्यले सुन्नु पर्छ ।’, एक स्थानियले बताए।

यसअघि खुडोल फाँटमा धान रोप्‍न जाँदा प्रहरी र स्थानीयबीच झडप हुँदै आएको थियो । खुडोल क्षेत्रमा शनिबार प्रहरीको उपस्थिती नभएपछि खोकनावासीले धान रोपेका हुन् ।

खुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।

उनीहरुले सरोकारवालासँग छलफल नै नगरि एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् ।

ती समूह दु्रतमार्गको निर्माण सामाग्री राखिएको जस्ताको टहरो भत्काउन तिर लागे । केहीले जस्ता, रड लगायतका निर्माण सामाग्री नजिकैको बागमती नदीमा बगाए । कोहीले शान्तिपूर्ण आन्दोलनमा यस्तो नगर भन्दै ती समूहलाई सम्झाए त्यसपछि रोकिए । केही बेरमै प्रदर्शनकारी बाटो लागे ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको