साउन महिनाको सोमबार किन बस्ने भगवान शिवको ब्रत ? के खाने के नखाने ?

हिन्दु धर्मावलम्बीहरूको अरू धर्मावलम्बीहरूको भन्दा धेरै आस्थाका धरोहरहरू रहेको पाइन्छ ।

हिन्दु धर्मावलम्बीहरूले भगवान शिवको शक्तिलाई विशेष रूपमा लिने गर्दछन् । हरेक वर्ष श्रावणको सोमबार ब्रत बसेर शिवको पुजा आराधना गर्ने चलनले पनि हिन्दु धर्मावलम्बीहरूका लागि ठुलो महत्व बोकेको छ । श्रावण महिनालाई भगवान शिवको प्रिय महिनाको रूपमा चिनिन्छ ।

के छ महत्व?

धर्म ग्रन्थहरूमा उल्लेख गरिए अनुसार श्रावण महिनालाई एकदमै पवित्र महिनाको रूपमा मानिन्छ । श्रावण महिनामा भगवान शिव पृथ्वी भ्रमण गर्न आउने हुनाले श्रावण महिनामा शिव भगवानको पुजा आराधना गरिन्छ । श्रावण महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ती हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् ।

कहिलेदेखि सुरू भयो ब्रत बस्ने चलन ?

श्रावण महिनामा सेमबारको दिन ब्रत बस्ने चलन शिव र पार्वतीको सम्बन्ध रहेसँगै सुरू भएको ग्रन्थहरूमा उल्लेख गरिएको छ । श्रावण महिनालाई धार्मिक दृष्टिकोणले पनि उत्तम र पवित्र मानिन्छ ।

किन लगाइन्छ रातो, हरियो र पहेँलो ?

भगवान शिवलाई हरियो, रातो र पहेँलो रङ्ग मनपर्ने मान्यता भएकाले श्रावण महिनाको सुरूवात भएसँगै महिलाहरूले हरियो रङ्गका वस्त्र र चुरा पोतेहरू लगाउने गर्दछन् । हरियो रङ्गलाइ सौभाग्यको रङ्ग पनि भनिन्छ । श्रावण महिना हरियालीको महिना र प्रकृतिसँग आफुलाई जोड्ने महिना रहेकाले हरियो रङ्गका कपडाहरू लगाएर प्रकृतिसँग नजिक हुने गरिन्छ । जसले गर्दा प्रकृतिको साथ रहने र भाग्यमा समेत सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।

ब्रत बस्दा के गर्ने के नगर्ने ?

( बिहान छिट्टै उठ्ने,
( शुद्ध वस्त्र लगाउने,(काले वस्त्र कहिल्यै नलगाउने)
( एकछाक मात्र भोजन गर्ने,
( पुजाको थाली तयार गर्दा चामल, बेसार, मेहेन्दी, अबिर, सिन्दुर, कपुर, धुपबत्ती, धतुरोको पुष्प, मह, काँचो दुध, भष्म ९खरानी०, गंगाजल, बेलपत्र, अष्टगन्ध, चन्दन आदि समावेश गर्ने,
( भगवान शिवलाई रातो फुल नचढाउने, (निलो र सेतो फुल भगवान शिवको प्रिय फुल हो)
( शुद्ध आसनमा बसी शिव भगवानको ध्यान गर्ने, पाठ पढ्ने र हातमा अक्षता र फुलपाती लिएर सङ्कल्प गर्ने,
( तामाको थालिमा बेलपत्र राखेर त्यसमाथी शिवलिङ्ग स्थापना गर्ने,
( शिवलिङ्ग स्थापना गर्दा घरभित्र नभएर घरको आँगनमा स्थापना गर्ने यदि घरमा सम्भव नभए शिवको मन्दिर जाने ।

के खाने के नखाने ?

खान हुने . आलु, दही, फलफुल, फलफुलको जूस, दुधमा बदाम भिजाएर, कागती पानी, शुद्ध दुधमा पकाएको साबुदाना
खान नहुने . मुसुरोको दाल, भ्यान्टारबैगुन, लसुनरप्याज, च्याउ, अण्डा, माछा(मासु)

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको