प्रस्फुटन हुन नसकेको विद्रोह

  • शिव राज पनेरु

 गाँउभरी चुनावमय भएको बेला, हो त्यही बेलामा केही झीनो आशा बोकेर अब त हामीले कहिल्यै महशुस गर्न नसकेको नयाँ शासन पद्घती संघीय गणतन्त्र आउदैछ भन्ने उत्सुक्ता जागेको थियो । स्थानीय तह, प्रदेशसभा र संघीय सांसदहरुको चरणबद्घ निर्वाचनमा उत्सुक्ता साथ सहभागी भइयो । चुनावी परिणाम सार्वजनिक भएसंगै शासन व्यवस्था परिवर्तन भयो ।
समाजवाद र साम्यवादको नारा लगाउदै चुनावी होडमा लागेकाहरुको सत्तामोह अपत्यारीलो ढंगबाट एकाएक परीवर्तन भएर आयो । जनताले महसुस गरे “सामन्तवाद”। यही सामन्तवादी सोचका कारण जनप्रतिनीधिहरु जनताको नजरबाट गिर्दै गए।

अहिलेको अवस्थामा आएर हुदाँ खाने वर्ग समुदायको पहुँच राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट टाढाटाढा हुँदै गए । विगत ईतिहास सम्झिन्छन ति वर्ग र समुदाय, जो वर्ग समुदायले १०४ वर्षसम्म चलेको राणा शासनबाट पीडीत थिएनन् , पञ्चायतबाट पीडीत भएनन्, प्रजातन्त्रको राम्रो अनुभुति गर्न पाए तर पछिल्लो समय जब गाँउगाँउमा सिंहदरवार आयो बोट्टे राजाहरुको राज्य गाउँमा चल्यो अहिले आएर पिडाको महसुस हुन थालेकोछ ।

यहि हो त गणतन्त्र ?

विकेन्द्रीत शासन प्रणालीको प्रत्यक्ष मारमा ग्रामिण पिछडिएका गरिबिको रेखामुनीरहेका सोषित पीडीत वर्ग समुदाय परेको महशुस गरे तर तिनीहरुका समस्याको प्रतिनिधित्व हुने गरेर कोही कतै नेतृत्व लिने र आवाज विहिनहरुको आवाज वुलन्द गर्ने तिर कसैको नि ध्यान गएन । ग्रामीण बस्तीका पीडामा मलम लगाउने हैसियत कसैले राखेनन् । जब निर्वाचनको होड चलेको थियो, त्यति बेला आमाबुबा, दाजुभाई, दिदीबहीनी भन्ने मिठो आवाज निकाल्ने मुहारहरु सिंहदरवारमा पुगेपछि बाघको भन्दा ठुलो हूंकार निकाल्न थालेका छन् ।

त्यो हुंकारबाट निस्केको त्रासले त्यो वर्गको प्रतिनिधित्व हुने आवाजहरु बाहिर निस्किन सकेका छैनन् । अन्तर मनमा विद्रोहको ज्वालाफुटेको भएपनि बाहिर बुलन्द गर्ने चेतना स्तर छैन र पो सिंहदरवारमा बाघको रजाई छ । बिद्रोह गरे आँखाको कसिंगर पो भईन्छ की, सामाजिक बहीस्करणमा पो परिन्छ की ? भन्ने भय एकातिर छ भने एकातिर कानुनी अधिकारको बारेमा चेतनाको अभाव, साधनस्रोतको कमीले ति विद्रोहका भावहरु बाहिर प्रस्फुटन हुन सकेका छैनन् ।

“काम गर्ने कालु मकै खाने भालु”
“हिजोका दिन हामी बाघ थियौ, जनतालाई दुःख दिने नियतीका केहि सत्ता मोहमा लिप्त व्यक्तिको इसारामा नाच्यौ अहिले हाम्रो आवाज कुण्ठित पारियो”

बिगतका राणा विरोधी आन्दोलनमा होस, चाहे पञ्चायत विरोधी आन्दोलन होस चाहे १० बर्षे माओबादी जनयुद्द किन नहोस् झुट्टा प्रलोभनमा सिमित राखेर सफलताको स्वादमा आफु लिप्त हुने वर्गले ढालको रुपमा प्रयोग मात्र गरे । प्रतिफलमा शक्ति र सत्ताको खेल, विभेदको राजनितीले गर्दा हुदाँ खाने र हुने खाने वर्ग बिचको दुरि दिन प्रतिदिन बढ्दै गयो र अभाबै अभावमा दिनचर्या बिताउने समुदाय झन झन पछाडि  पर्दै गएको छ  ।

सिफारिस

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर...

भर्खरै

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

धेरै पढिएको