प्रस्फुटन हुन नसकेको विद्रोह

  • शिव राज पनेरु

 गाँउभरी चुनावमय भएको बेला, हो त्यही बेलामा केही झीनो आशा बोकेर अब त हामीले कहिल्यै महशुस गर्न नसकेको नयाँ शासन पद्घती संघीय गणतन्त्र आउदैछ भन्ने उत्सुक्ता जागेको थियो । स्थानीय तह, प्रदेशसभा र संघीय सांसदहरुको चरणबद्घ निर्वाचनमा उत्सुक्ता साथ सहभागी भइयो । चुनावी परिणाम सार्वजनिक भएसंगै शासन व्यवस्था परिवर्तन भयो ।
समाजवाद र साम्यवादको नारा लगाउदै चुनावी होडमा लागेकाहरुको सत्तामोह अपत्यारीलो ढंगबाट एकाएक परीवर्तन भएर आयो । जनताले महसुस गरे “सामन्तवाद”। यही सामन्तवादी सोचका कारण जनप्रतिनीधिहरु जनताको नजरबाट गिर्दै गए।

अहिलेको अवस्थामा आएर हुदाँ खाने वर्ग समुदायको पहुँच राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट टाढाटाढा हुँदै गए । विगत ईतिहास सम्झिन्छन ति वर्ग र समुदाय, जो वर्ग समुदायले १०४ वर्षसम्म चलेको राणा शासनबाट पीडीत थिएनन् , पञ्चायतबाट पीडीत भएनन्, प्रजातन्त्रको राम्रो अनुभुति गर्न पाए तर पछिल्लो समय जब गाँउगाँउमा सिंहदरवार आयो बोट्टे राजाहरुको राज्य गाउँमा चल्यो अहिले आएर पिडाको महसुस हुन थालेकोछ ।

यहि हो त गणतन्त्र ?

विकेन्द्रीत शासन प्रणालीको प्रत्यक्ष मारमा ग्रामिण पिछडिएका गरिबिको रेखामुनीरहेका सोषित पीडीत वर्ग समुदाय परेको महशुस गरे तर तिनीहरुका समस्याको प्रतिनिधित्व हुने गरेर कोही कतै नेतृत्व लिने र आवाज विहिनहरुको आवाज वुलन्द गर्ने तिर कसैको नि ध्यान गएन । ग्रामीण बस्तीका पीडामा मलम लगाउने हैसियत कसैले राखेनन् । जब निर्वाचनको होड चलेको थियो, त्यति बेला आमाबुबा, दाजुभाई, दिदीबहीनी भन्ने मिठो आवाज निकाल्ने मुहारहरु सिंहदरवारमा पुगेपछि बाघको भन्दा ठुलो हूंकार निकाल्न थालेका छन् ।

त्यो हुंकारबाट निस्केको त्रासले त्यो वर्गको प्रतिनिधित्व हुने आवाजहरु बाहिर निस्किन सकेका छैनन् । अन्तर मनमा विद्रोहको ज्वालाफुटेको भएपनि बाहिर बुलन्द गर्ने चेतना स्तर छैन र पो सिंहदरवारमा बाघको रजाई छ । बिद्रोह गरे आँखाको कसिंगर पो भईन्छ की, सामाजिक बहीस्करणमा पो परिन्छ की ? भन्ने भय एकातिर छ भने एकातिर कानुनी अधिकारको बारेमा चेतनाको अभाव, साधनस्रोतको कमीले ति विद्रोहका भावहरु बाहिर प्रस्फुटन हुन सकेका छैनन् ।

“काम गर्ने कालु मकै खाने भालु”
“हिजोका दिन हामी बाघ थियौ, जनतालाई दुःख दिने नियतीका केहि सत्ता मोहमा लिप्त व्यक्तिको इसारामा नाच्यौ अहिले हाम्रो आवाज कुण्ठित पारियो”

बिगतका राणा विरोधी आन्दोलनमा होस, चाहे पञ्चायत विरोधी आन्दोलन होस चाहे १० बर्षे माओबादी जनयुद्द किन नहोस् झुट्टा प्रलोभनमा सिमित राखेर सफलताको स्वादमा आफु लिप्त हुने वर्गले ढालको रुपमा प्रयोग मात्र गरे । प्रतिफलमा शक्ति र सत्ताको खेल, विभेदको राजनितीले गर्दा हुदाँ खाने र हुने खाने वर्ग बिचको दुरि दिन प्रतिदिन बढ्दै गयो र अभाबै अभावमा दिनचर्या बिताउने समुदाय झन झन पछाडि  पर्दै गएको छ  ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको