रामेछाप -नेपाली कांग्रेसकाे संथापक नेता विपि काेइरालाकाे ३८ अाै स्मृति दिवस नेपाली कांग्रेसले देशभर विभिद कार्यक्रम गरेर मनाएकाे छ ।
विपिकाे स्मरणमा नेपाली कांग्रेस रामेछापले रामेछाप नगरपालिका ८ काे बिटार पार्कमा वृक्षारोपण गरेकाे छ । निर्माणाधीन पार्कमा गरिएको वृक्षारोपण कार्यक्रममा रामेछापका कांग्रेस नेता द्वय भरत चाैलागाई र कान्छाराम तामाङले पार्कमा भ्यू टावर र सार्वजनिक साैचालय निर्माणका लागि सहयाेग गर्ने घाेषणा गरेका छन् । पार्कमा भ्यू टावर निर्माणका लागि नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चाैलागाइले भ्यूटावर निर्माणका लागि नगद १ लाख हस्तान्तरण गरेका छन् ।यसैगरि नेपाली कांग्रेसका नेता संघिय सांसदका उमेदवार पुर्ण बहादुर तामाङ (कान्छाराम) ले सार्वजनिक साैचालय निमार्णका लागि अार्थिक सहयाेग उपलब्ध गराउने घाेषणा गरेेेेका छन् ।
यसैबिच स्मृति दिवसकै अवसरमा नेपाल प्रेस युनियन रामेछापले विपि विचार विषयक अन्तक्रिया कार्यक्रमकाे अायाेजना गरेकाे थियाे । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस रामेछापका पुर्व सभापति रामचन्द्र खड्काले अावस्यकताकाे अाधारमा विपि विचारलाई परिमार्जन गरेर समय अनुसार पाटी अघि बढ्नु पर्ने बताउनु भयाे । त्यसैगरि कांग्रेसका नेताहरुकाे अाचारणमा सुद्वीकरण गर्नु पर्ने र पाटी भित्र विमति राख्नेहरुलाइ समेत मिलाएर लैजानु पर्ने अाजकाे अावस्यकता रहेकाे बताए ।
अन्तक्रिर्यामा बाेल्दै नेपाली कांग्रेस रामेछापकाका अध्यक्ष लवश्री न्याैपानेले रामेछाप कांग्रेसमा गुट उपगुट नभएकाे बताए । त्यसै गरि अागामी महाधिवेशनका लागि तयार हुन साथिहरुलाइ लाग्न र गुटकाे राजनिती नगर्न पनि अाग्रह गरेका थिए ।
कार्यक्रममा विपि विचार तथा विपिवादलाई प्रष्ट पार्दै डाक्टर सुमन कर्मचार्यले समाज सेवा गर्नु नै विपि विचार भएकाे हुदा जस्ले जहाबाट जेजति अरुकाे सेवा गर्न सक्छ त्यति सेवाभावले काम गरे विपि सपना पूरा गर्न सकिने बताए ।
