काठमाडौँ- नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज २ जनाको मृत्यु भएको हो।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा धनुषाका ६० वर्षीय एक पुरुष र ४९ बर्षिय चिनियाँ महिला रहेका छन् ।
धनुषाका एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको हो ।
त्यस्तै एक चिनियाँ महिलाको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारत अवस्थामा मृत्यु भएको हो । नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । उनी पोखरामा काम गर्ने र श्रावण २ गते पोखराबाट काठमाडौँ ल्याइएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताए ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।
