काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आग्रह गरेका छन् । माइतीघर मण्डलामा भएको कार्यक्रममा मिश्रले यस्तो आग्रह गरेका हुन् ।
रविन्द्र मिश्रले भने, ‘तपाई असाध्यै विवादित हुनुभयो, तपाईले गरेका निर्णय शंकाको घेरामा छ । तपाईले गरेको निर्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैन ।’
साझा पार्टीका संयोजक मिश्रले सुशील कार्कीमाथि महाअभियोग लगाउनेहरुले भ्रष्ट प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई महाअभियोग लगाउँछन् भन्ने विश्वास गर्न नसकिने बताए । महाअभियोग लगाउन योग्यहरुलाई नियुक्त गर्नेहरुलाई जनताले महाअभियोग लगाउनुपर्ने उनले बताए ।
