कुलमान घिसिङको कार्यकाल सकिँदै, अर्को कार्यकाल पनि नियुक्त होलान् त ?

काठमाडौं  – आगामी महिना नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिँदैछ ।

२०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको चार बर्षे कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ ।

दैनिक २२ घन्टा लोडसेडिङ भइरहेको अवस्थामा निर्देशक घिसिङले २०७३ को लक्ष्मीपूजाको दिनदेखि काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त बनाएका थिए । त्यस्तै कुलमान घिसिङको नेतृत्वमा अहिले देशभर लोडसेडिङमुक्त भएको छ।

चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको, लोडसेडिङ हटाएको, विद्युत चुहावट घटाएको लगायतका कामबाट वाहवाही पाएका कुलमानलाई सरकारले अर्को कार्यकालको लागि नियुक्त गर्ला कि नगर्ला भन्ने अड्कलबाजी पनि सुरु भएको छ ।

कुलमान घिसिङलाई अर्को ४ वर्षको लागि कार्यकारी निर्देशकमा पुनः नियुक्ती गर्नको लागि विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा भर पर्छ ।

कुलमानकै कार्यकालमा ढल्केबर २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतबीचको अन्तरदेशीय प्रसारण लाइन मुजफरपुर ढल्केबरलाई २२० के.भी. मा चालु गरिएको छ । कटैया कुशाहा १३२ के.भी. दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ के.भी. प्रसारण लाइनहरुको निर्माण सम्पन्न गरी नेपाल र बिहारबीच विद्युत आदानप्रदानको क्षमता विस्तार भएको छ । काठमाण्डौ उपत्यकमा जथाभावी रुपमा राखिएको तारलाई अन्डरग्राउन्ड गर्ने काम भइरहेको छ । स्मार्ट मिटरको काम अघि बढेको छ ।

कार्यकाल सम्हाल्दा ९ अर्ब रुपैयाँ घाटामा रहेका प्राधिकरणलाई घिसिङले आर्थिक वर्ष २०७५/७६ सम्म ९ अर्ब ८१ करोड नाफामा लैजानुभएको छ ।  आर्थिक वर्ष २०७२/७३ मा ३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणले आर्थिक वर्ष ०७५/७६मा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

 

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको