काठमाडौँ – कालापानी, गुन्जी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशलाई रोक लगाउन भारतको धार्चुलाका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाले निर्देशनात्मक पत्र जारी गरेका छन् ।
एक हप्ताअघि नेपाली प्रशासनलाई दिइएको पत्रमा भनिएको छ, ‘विशेष स्रोतबाट जानकारी प्राप्त भएको छ कि विभिन्न नेपाली समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्, अतः यस प्रकारका कुनै सूचना तपाईहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनुहोला ।’
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी तेजकुमार सिंहले पत्र प्राप्त भएको पुष्टि गरे । 
